6 months ago
September 4, 2024
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुल द्रविडले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका छन् ।
यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए । द्रविड २०१४ र २०१५ सिजनमा टिम निर्देशक र मेन्टरको रूपमा काम गरेका थिए ।
२०२१ मा उनी भारतीय पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले गत जुनमा भारतलाई ११ वर्ष पछि पहिलो पटक आइसिसी उपाधि जिताएर आफ्नो कार्यकाल समाप्त गरेका थिए ।
राजस्थानले भारतका पूर्व ब्याट्सम्यान विक्रम राठौरलाई सहायक प्रशिक्षकको रूपमा पनि अनुबन्ध गर्ने सम्भावना रहेको छ । भारतका पूर्व चयनकर्ता राठौर सन् २०१९ मा भारतको ब्याटिङ प्रशिक्षक बन्नुअघि एनसीएमा द्रविडको कोचिङ स्टाफमा थिए ।
आपिएलमा द्रविडले राजस्थान रोयल्सको जिम्मेवारी सम्हाल्ने छन् । सन् २०२१ देखि क्रिकेट निर्देशक रहेका कुमार संगाकाराले आफ्नो फ्रेन्चाइजलाई निरन्तरता दिँदै अन्य लिग(एसए २० मा पार्ल रोयल्स र सिपिएलमा बार्बाडोस रोयल्स) मा आफ्नो टोलीको रेखदेख गर्नेछन् । ।
२००८ को पहिलो सिजनयता राजस्थानले आइपिएलको उपाधि जित्न सकेको छैन । २०२२ मा गुजरात टाइटन्ससँग फाइनलमा पराजित हुदै उपविजेता बनेको थियो ।
राजस्थानले २०२३ मा प्लेअफमा स्थान बनाउन असफल भयो । यसै बर्ष सिजनको उत्कृष्ट सुरुवातको बावजुद लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]