4 months ago
September 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको दोस्रो अभ्यास खेल पनि रद्द भएको छ ।
डेभलभमेन्टसँगको दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो ।
डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल पनि भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । त्यहिबाट नेपाली टोली क्यानडा जाने बताइएको छ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान ), आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।
December 26, 2024
सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]
December 26, 2024
सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]
December 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]