4 months ago
September 3, 2024
एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ।
त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ ।
लिगको पहिलो संस्करण न्युजिल्यान्ड र ज दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो ।
लिगमा भारत ६८.५२ र अष्ट्रेलिया ६२.५० प्रतिशत अंकका साथ अहिले तालिकाको शीर्ष दुई टोलीका रुपमा रहेका छन् ।
न्युजिल्यान्ड ९ टोली सहभागी लिगको तेस्रो स्थानमा छ । आजै सम्पन्न सिरिजमा पाकिस्तानमाथि २- ० को ऐतिहासिक जित निकालेको बंगलादेश चौथो स्थानमा छ ।
इङ्ग्ल्यान्ड पाचौं र दक्षिण अफ्रिका छैठौं स्थानमा छन् । श्रीलंका सातौं, पाकिस्तान आठौं र वेस्ट इन्डिज पुछारमा छ । लिगको अंक तालिकाको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
इङ्ग्ल्यान्डले तेस्रो पटक डब्लुटिसीको फाइनल आयोजना गर्नेछ। पहिलो संस्करणको फाइनल साउथह्याम्पटनमा र दोस्रो संस्करणको फाइनल द ओभलमा भएको थियो।
January 10, 2025
एजेन्सी – साउदी प्राे लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल–ओखडुदविरुद्ध जित हासिल गरेको छ । बिहीबार सम्पन्न खेलमा नासरले अल–ओखडुदलाई ३–१ ले पराजित गर्न सफल भयो । अल नासरको जितमा साडियो मानेले दुई तथा रोनाल्डोले एक गोल गरे । सावियर गोडविनले ओखडुदका लागि सान्त्वना गोल गरे । खेलमा सुरुवाती अग्रता भने ओखडुदले लिएको थियो […]
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कपमा फेरि बराबरी खेलेका छन् । बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिन बिहीबारको खेल समाप्ति भएसँगै खेल बराबरीमा सकिएको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा ५ विकेट गुमाएको अवस्थामा दिनको समाप्ति भएसँगै दुवै टोलीले बोनस […]
January 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । पुलिसले बिहीवार सकिएको खेलमा मधेश प्रदेशलाई एक इनिङ्स ३५ रनले हराएको छ। वीरगंजमा भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । मधेश दोस्रो इनिङ्समा ९४ […]