6 months ago
September 3, 2024
चितवन(हाम्रो खेलकुद) – एजुकेशन प्लानेटले सिएमसी कर्पोरेट कप इण्डोर क्रिकेटको उपाधि जितेको छ ।
भरतपुर–३ स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा सोमवार सम्पन्न रोमाञ्चक फाइनलमा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै प्लानेटले उपाधि जितेको हो ।
जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै प्लानेटले ५० हजार रुपैयाँ प्राप्त गर्यो । सेन्ट्रल कलेजले २५ हजार रुपैयाँ पायो ।
विजेता र दोस्रो टोलीका खेलाडीलाई चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघ (सिएसी) का सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल, सिएसीका अध्यक्ष सुदिप पियाले पुरस्कृत गरे ।
सिएमसीका निर्देशक लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा सिएसीलाई धन्यवाद ज्ञापन गरे । उनले भविष्यमा पनि क्रिकेट खेलमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
सिएसीका सल्लाहकार पौडेलले भविष्यमा प्रतियोगिता आयोजना गर्दा सबैबाट यस्तै सहयोग आवश्यक रहनेमा जोड दिए।
सिएसीका अध्यक्ष पियाले संघले पहिलोपटक यस किसिमको प्रतियोगिता गर्दा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुसी व्यक्त गरे ।
संघले यो वर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन स्मरण गर्दै पियाले चितवनमा क्रिकेट गतिविधि बढाउन सिएसी हरदम तयार रहेको बताए । सिएसीका सचिव सुरज ज्ञवालीले सबैलाई धन्यवाद दिए ।
सिएसीको आयोजना र सिएमसीको मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरका कुल १६ वटा कर्पोरेट टोलीले भाग लिएका थिए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]