6 months ago
September 2, 2024
एजेन्सी – बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानबाट सामान्य लक्ष्य पाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट जित्नका लागि १ सय ८५ रनको लक्ष्य पाएको छ ।
घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता बनाएको थियो । टोलीले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो ।
उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे ।
बंगालादेशका हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा टस्किन अहमदले १ विकेट लिए ।
सोमबार नै लक्ष्य पछ्याउन थालेको बंगलादेशले चौथो दिनको खेल सकिदा कुनै विकेट नगुमाई ४२ रन बनाएको छ । पाहुना टोली ऐतिहासिक रुपमा सिरिज जित्नका अब लागि १ सय ४३ रन टाढा छ ।
लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । बंगालादेश पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।
बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।
मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।
वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस भएको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]