default_image

6 months ago

September 2, 2024

श्रीलंकाविरुद्धको टेस्ट सिरिज इङ्ल्यान्डलाई

255 views

0 Bookmark

एजेन्सी –इङ्ग्ल्यान्डले श्रीलंकाले दोस्रो टेस्टमा पनि हराएको छ । यसका साथ ३ खेलको सिरिज घरेलु टोलीले १ खेल अगावै जितेको छ ।

लन्डनस्थित लर्डसमा आइतवार सम्पन्न दोस्रो टेस्ट इङ्ल्यान्डले १ सय ९० रनको फराकिलो अन्तरले जितेको छ ।

घरेलु टोलीले दिएको ४ सय ८३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले अल आउट हुनु अघि २ सय ९२ रन मात्र जोड्न सफल भयो । टोलीका दिमुथ करुणारत्ने, दिनेश चन्डिमल र कप्तान धनन्जय डि सिल्भाले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

चन्डिमलले सर्वाधिक ५८, करुणारत्नेले ५५, कप्तान धनन्जयले ५०, मिलन रत्नायकेले ४३, एन्जेलो म्याथ्युजले ३६ तथा पथुम निशंकाले १४ रन बनाए ।

इङ्ग्ल्यान्डका गस एटकिन्सनले १६ ओभरमा ६२ रन खर्चिएर ५ विकेट लिए । क्रिस वोक्स र ओली स्टोनले समान २ तथा शोयब बसिरले १ विकेट लिए ।

त्यसअघि घरेलु टोलीले पहिलो इनिङमा २ सय ३१ रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा घरेलु टोलीले २ सय ५१ रन थप्दै पाहुना टोलीका लागि ४ सय ८३ रनको लक्ष्य दिएको थियो ।
दोस्रो इनिङमा इङ्ग्ल्यान्डका जो रुटले १ सय २१ बलमा १ सय ३ रनको शतकीय पारी खेले । रुटको टेस्ट क्रिकेटमा यो ३४औं शतक थियो । रुट इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने सुचीको शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि एलेस्टर कुकले ३३ शतक बनाउँदै यो कीर्तिमानलाई कायम गरेका थिए । कुकले १ सय ६१ खेलमा ३३ शतक बनाएका थिए ।

रुटले १ सय ४५ खेलमा ३४ शतक बनाउँदै कुकको कीर्तिमानलाई तोडेका हुन् । रुटले पहिलो इनिङमा समेत शतक बनाएका थिए । रुटले पहिलो पटक दुवै इनिङमा शतक बनाएका हुन् । टेस्टमा सर्वाधिक शतक बनाउने खेलाडीको शीर्ष स्थानमा भने भारतका सचिन तेन्दुल्कर छन् । सचिनले २ सय खेलमा ५१ शतक बनाएका छन् ।

ह्यारी ब्रुकले ३७, जेमी स्मिथले ३७, बेन डुकेटले ३४ तथा गस एटकिन्सनले १४ रन बनाए । श्रीलंकाका अशिथा फर्नान्डो र लाहिरु कुमाराले समान ३ तथा प्रबात जयसुर्या र मिलन रत्नायकेले समान २ विकेट लिए ।

पहिलो इनिङमा पाहुना टोलीले १ सय ९६ रन मात्र जोड्यो । टोलीका कमिन्डु मेन्डिसले सर्वाधिक ७४ रन जोडे । दिनेश चन्डिमलले २३, एन्जेलो म्याथ्युजले २२, मिलन रत्नायकेले १९ तथा पथुम निशंकाले १२ रन बनाए ।

इङ्ग्ल्यान्डका म्याथ्यु पोट, क्रिस वोक्स, गस एटकिन्सन र ओली स्टोनले समान २ तथा शोयव बसिरले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय २७ रनमा बनाएको थियो । टोलीका लागि गस एटकिन्सन र जो रुटले शतकीय पारी खेलेका थिए ।

पाहुना टोलीका लागि पहिलो इनिङमा अशिथा फर्नान्डोले ५, लाहिरु कुमारा र मिलन रत्नायकेले समान २ तथा प्रबात जयसुर्याले १ विकेट लिए । पहिलो टेस्ट घरेलु टोलीले ५ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट शुक्रवार सुरु हुनेछ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.