6 months ago
September 1, 2024
एजेन्सी – बंगलादेशले ब्याटर लिटन दासको शतकको मद्दतमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफल तयार गरेको छ ।
२ खेलको टेस्ट सिरिजका लागि पाकिस्तानमा रहेको बंगलादेश दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भयो । पहिलो इनिङमा घरेलु टोलीले १२ रनको अग्रता लिएको थियो ।
बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।
मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।
आज नै दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले तेस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर ९ रन जोडेको छ । तेस्रो दिन आइतवारको खेल सकिँदा पाकिस्तानले २१ रनको अग्रतामा छ । वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो ।
दोस्रो दिन टस हारेर घरेलु टोलीले ब्याटिङको निम्ता पाएकोमा २ सय ७४ रनमा अल आउट भएको थियो । टोलीका सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले ।
अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे ।
बंगालादेशका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए ।
पहिलो टेस्टमा बंगालादेशले ऐतिहासिक जित हात पारेको थियो ।टेस्ट क्रिकेटको इतिहासमा बंगलादेशले पाकिस्तानलाई पहिलो पटक पराजित गरेको थियो । त्यो खेल बंगलादेशले १० विकेटले जितेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]