6 months ago
August 31, 2024
एजेन्सी – इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा घरेलु टोलीले अग्रता फराकिलो बनाउँदै छ ।
श्रीलंकाविरुद्ध दोस्रो दिन शुक्रवारको अन्तिम तिर दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले १ विकेटको नोक्सानीमा २५ रन बनाएको छ । घरेलु टोली पहिलो इनिङमा २ सय ३१ रनको अग्रता कायम गर्न सफल भएको थियो ।
घरेलु टोलीका बेन डुकेट १५ तथा कप्तान ओली पोप २ रन बनाएर नट आउट छन् । ड्यान लरेन्स ७ रनमा आउट भए । पाहुना टोलीका लागि लाहिरु कुमाराको नाममा १ विकेट रह्यो ।
पहिलो इनिङमा पाहुना टोलीले १ सय ९६ रन मात्र जोड्यो । टोलीका कमिन्डु मेन्डिसले सर्वाधिक ७४ रन जोडे । दिनेश चन्डिमलले २३, एन्जेलो म्याथ्युजले २२, मिलन रत्नायकेले १९ तथा पथुम निशंकाले १२ रन बनाए ।
घरेलु टोलीका लागि म्याथ्यु पोट, क्रिस वोक्स, गस एटकिन्सन र ओली स्टोनले समान २ तथा शोयव बसिरले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय २७ रनमा बनाएको थियो ।
घरेलु टोलीका लागि गस एटकिन्सन र जोय रुटले शतकीय पारी खेलेका थिए । रुटले २ सय ६ बलमा १ सय ४३ रनको शतकीय पारी खेले । रुटको टेस्ट क्रिकेटमा यो ३३औं शतक हो ।
रुटले इङ्ग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउँने एलेस्टर कुकको कीर्तिमानलाई बराबरी गरेका थिए । कुकले १ सय ६१ खेलमा ३३ शतक बनाएका थिए ।
रुटले १ सय ४५ खेलमा ३३ शतक बनाउँदै रुटको कीर्तिमानलाई बराबरी गरेका हुन् । टेस्टमा सर्वाधिक शतक बनाउँने खेलाडीको शीर्ष स्थानमा भने भारतका सचिन तेन्दुल्कर छन् । सचिनले २ सय खेलमा ५१ शतक बनाएका थिए।
एटकिन्सनले १ सय १५ बलमा १ सय १८ रन बनाएका थिए । एटकिन्सनको यो पहिलो टेस्ट शतक रहेको थियो । ओपनर बेन डुकेटले ४०, ह्यारी ब्रुकले ३३, जेमी स्मिथ र म्याथ्यु पोटले समान २१ तथा ड्यान लरेन्सले ९ रन जोडे ।
पाहुना टोलीका लागि पहिलो इनिङमा अशिथा फर्नान्डोले ५, लाहिरु कुमारा र मिलन रत्नायकेले समान २ तथा प्रबात जयसुर्याले १ विकेट लिए । पहिलो टेस्ट घरेलु टोलीले ५ विकेटले जितेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]