default_image

6 months ago

August 30, 2024

रुटको शतकमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

586 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिनको खेलमा जोय रुटको शतकको सहयोगमा मजबुत सुरुवात गरेको छ ।

इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्ध पहिलो दिन बिहीवारको खेल सकिँदा घरेलु टोलीले ७ विकेटको नोक्सानीमा ३ सय ५८ रन बनाएको छ ।

घरेलु टोलीका गस एटकिन्सन ७४ तथा म्याथ्यु पोट २० रन बनाएर नट आउट छन् । जोय रुटले २ सय ६ बलमा १ सय ४३ रनको शतकीय पारी खेले । रुटको टेस्ट क्रिकेटमा यो ३३औं शतक हो ।

रुटले इङ्ग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउँने एलेस्टर कुकको कीर्तिमानलाई बराबरी गरेका छन् । कुकले १ सय ६१ खेलमा ३३ शतक बनाएका थिए ।

रुटले १ सय ४५ खेलमा ३३ शतक बनाउँदै रुटको कीर्तिमानलाई बराबरी गरेका हुन् । टेस्टमा सर्वाधिक शतक बनाउँने खेलाडीको शीर्ष स्थानमा भने भारतका सचिन तेन्दुल्कर छन् । सचिनले २ सय खेलमा ५१ शतक बनाएका छन् ।

ओपनर बेन डुकेटले ४०,ह्यारी ब्रुकले ३३, जेमी स्मिथले २१ तथा ड्यान लरेन्सले ९ रन जोडे । पाहुना टोलीका लागि पहिलो इनिङको पहिलो दिन लाहिरु कुमारा, मिलन रत्नायके र अशिथा फर्नान्डोले समान २ तथा प्रबात जयसुर्याले १ विकेट लिए ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.