6 months ago
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ ।
क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसिसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया अघि बढाउने निर्णय गरेको छ ।
‘म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितीबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा छलफल हुँदा उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु क्यानको इन्टिग्रिटि समितिका संयोजक मार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पेश गरी आइसीसीबाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती गरियो,’ निर्णयमा भनिएको छ ।
गत वर्ष पुषमा सम्पन्न नेपाल टि२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट निलम्बनमा थिए । आरोप लागेपछि प्रहरीद्वारा पक्राउ परेका उनीसँगै पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आलम र नितेश गुप्ता ३ लाख धरौटीमा रिहा भएका थिए ।
गत चैतमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसहित सबै जनालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको थियो । अब क्यानले आइसीसीको निर्देशनपछि उनको निलम्बन फुकुवाबारे निर्णय गर्नेछ ।
आदिलले हालसम्म नेपालबाट ६ ओडीआई र ८ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरेका थिए । सोही वर्ष पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा टि ट्वान्टी आईमा डेब्यू गरेका थिए ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]