6 months ago
August 28, 2024
एजेन्सी – अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्यान्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधि जितेको छ ।
सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधवार अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्यान्ड्स घरमा नै उपाधि राख्न सफल भएको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुदै १ सय २८ रन मात्र बनायो ।
अमेरिकाका आन्द्रेस गौसले २६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४२ रन जोडे । ओपनर साईतेजा मुकामुल्लाले १६ बलमा २४, आरोन जोन्सले १३ तथा जसदिप सिंहले १२ रन बनाए ।
एक समय ७५ रनमा २ विकेट गुमाउँदै सहज जित तर्फ अमेरिका अघि बढेको थियो । नियमित रुपमा विकेट गुमाउँदा ५३ रन जोड्दा ८ विकेट गुमायो ।
नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३, काइल क्लेन र ड्यानियल डोरमले समान २ तथा पल भान मेकरम र म्याक्स ओडाउडले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन जोडेको थियो ।
नेदरल्यान्ड्सका लागि रायन क्लेनले २५ बलमा नट आउट रहँदै सर्वाधिक ३६ रन बनाए । ओपनर म्याक्स ओडाउडले २२ बलमा २७, काइल क्लेनले १४ बलमा १६ तथा विक्रमजित सिंहले १० बलमा १४ रन जोडे ।
अमेरिकाका लागि हरमित सिंहले ३, जसदिप सिंहले २ तथा यासिर मोहम्मद र शाड्ली भानले समान १ विकेट लिए ।
नेदरल्यान्ड्सले सिरिजमा खेलेको ४ मध्ये ३ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो । नेदरल्यान्ड्स क्यानडासँग पराजित भएको थियो । अमेरिका र क्यानडाले समान १ बराबरी र १ जित हात पारेका छन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]