6 months ago
August 29, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आफ्ना सबै एसोसिएट सदस्य राष्ट्रबीचको हुने टि२० खेललाई सन् २०१८ मा टि२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो ।
त्यसपछि टि ट्वान्टी आईमा प्रतिस्पर्धी टोलीको संख्या १८ बाट बढेर १ सय ४ पुगेको थियो । यसबीचमा एसोसिएट टोलीले धेरै कीर्तिमानहरु तोडेका छन् । एसोसिएट राष्ट्र तथा क्रिकेटरहरुले पुरुष टि ट्वान्टी आईमा बनाएका केही कीर्तिमान यस प्रकारका छन् ।
एक ओभरमा सर्वाधिक रन : ३९ रन
यो कीर्तिमान सामोआका ब्याट्सम्यान डारियस भिसेरको नाममा छ । उनले यो कीर्तिमान भानुआतुका मध्यम गतिका बलर नलिन निपिकोविरुद्ध एकै ओभरमा ३९ बनाएका थिए । यसअघि युवराज सिंह, किरन पोलार्ड, दीपेन्द्रसिंह ऐरी र निकोलस पूरन को नाममा यो कीर्तिमान रहेको थियो ।
एक इनिङमा सर्वाधिक १८ छक्का
यो कीर्तिमान इस्टोनियाका ब्याट्सम्यान साहिल चौहानको नाममा छ । चौहानले साइप्रसविरुद्ध ४१ बलमा अविजित १ सय ४४ रन बनाउने क्रममा १८ छक्का प्रहार गरेका थिए । यसअघि यो कीर्तिमान अफगानिस्तानका हरजतुल्लाह जजाईको नाममा थियो । जजाईले आयरल्यान्डविरुद्धको खेलमा १६ छक्का प्रहार गरेका थिए ।
उत्कृष्ट बलिङ – ८ रन ७ विकेट
यो कीर्तिमान मलेसियाका मध्यम गतिका बलर स्याज्रुल इद्रुसको नाममा छ । उनले जुलाई २०२३ मा चीनविरुद्ध टि ट्वान्टी आईमा ८ रन खर्चेर ७ विकेट लिने कीर्तिमान बनाएका थिए । इद्रुसभन्दा पहिले यो कीर्तिमान नाइजेरियाका पिटर अहोको नाममा थियो । उनले सन् २०२१ मा सियरा लियोनविरुद्ध ५ रन दिएर ६ विकेट लिएका थिए ।
सबैभन्दा छिटो अर्धशतक : ९ बलमा
यो कीर्तिमान नेपालका दीपेन्द्रसिंह ऐरीको नाममा रहेको छ । दीपेन्द्रले मंगोलियाविरुद्धको ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले सन् २००७ को टि ट्वान्टी विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक प्रहार गरेका युवराज सिंहको कीर्तिमान तोडेका थिए ।
उच्चतम टिम स्कोर : ३ सय १४ रन
यो कीर्तिमान नेपालको नाममा रहेको छ । नेपालले मंगोलियाविरुद्ध यो कीर्तिमान बनाएको थियो । यस खेलमा नेपालले पहिलो पटक टि ट्वान्टी आईमा ३ सय रन पूरा गरेको थियो ।
कम बलमा शतक : २७ बल
यो कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ । चौहानले साइप्रसविरुद्धको खेलमा २७ बलमा शतक पूरा गरेका थिए । यसअघि यो कीर्तिमान नामिबियाका जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा बनाएका थिए ।
डेब्यु मा उच्चतम स्कोर : १ सय ८
यो कीर्तिमान क्यानडाका म्याथ्यु स्पूर्सको नाममा छ । उनले फिलिपिन्ससँगको आफ्नो डेब्यु खेलमा नट आउट रहँदै १ सय ८ रन बनाएका थिए । यसअघि यो कीर्तिमान रिकी पोन्टिङको नाममा थियो । उनले डेब्यु टि ट्वान्टी आई खेलमा नट आउट ९८ रन बनाएका थिए।
सबैभन्दा कम उमेरमा डेब्यु : १४ वर्ष १६ दिन
यो कीर्तिमान रोमानियाका मारियन घेरासिमको नाममा छ । उनले १४ वर्ष १६ दिनमा बुल्गेरियाविरुद्ध डेब्यूको गरेका थिए । यसअघि यो कीर्तिमान ग्रीसका खेलाडीको नाममा थियो ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]