6 months ago
August 28, 2024
चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए।
पियाका अनुसार प्रतियोगितामा चितवन र नवलपुरका १६ वटा कर्पोरेट टोलीले भाग लिनेछन्। संघ र यहाँका कर्पोरेट संस्थाहरुसंग सम्बन्ध मजबुत बनाउनुका साथै चितवनको टोलीलाई भारतको मुम्बईमा सहभागी गराउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको पियाले बताए ।
सिएमसी प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई सार्थकता तुल्याउन क्रिकेटमा सहयोग गरिएको बताए ।
उनले विगतमा पनि अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न खेलकुदका कार्यक्रममा सहभागिता जनाएको भन्दै यसलाई निरन्तरता दिने स्वरुप यो प्रतियोगितामा सहकार्य गरिएको बताए ।
सिएमसीले यसअघि चितवनमा पहिलोपटक नारायणी इभेन्ट्सको सहकार्यमा चितवन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
सिएसीका सल्लाहकार एवं सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल वाइबी पौडेलले खेलकुद क्षेत्रमा मेडिकल क्षेत्रबाट पनि सहकार्य हुनु राम्रो पक्ष भएको बताए ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेताले पाउने ट्रफी सार्वजनिक गरिएको थियो । प्रतियोगिताको विजेताले ५० र दोस्रो हुने टोलीले २५ हजार प्राप्त गर्नेछ ।
सोही अवसरमा यस्तै प्रतियोगिता आयोजनाका लागि सिएमसी र सिएसीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगिता भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा हुनछ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]