default_image

3 months ago

August 28, 2024

मलानद्वारा सन्यास घोषणा

333 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास को घोषणा गरेका छन् । मलानले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

३७ वर्षिय मलानले २२ टेस्ट, ३० ओडिआई र ६२ टि ट्वान्टी आई खेलेका छन् । उनले ४ हजार ४ सय १६ अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

मलानले इंग्ल्यान्डका लागि तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाएका छन् । यो सफलता उनी बाहेक जस बटलरले मात्र प्राप्त गरेका छन् ।

गत वर्ष भारतमा भएको ओडिआई विश्वकप पछि मलानले इंग्ल्यान्डको टोलीमा स्थान बनाएका थिएनन् । मलानले टि ट्वान्टी आईको ब्याटर वरियतामा शीर्ष स्थान समेत लिएका थिए ।

November 18, 2024

हजारौंको सहभागितामा सुदूरपश्चिम रोयल्सको र्याली

काठमाडौ(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ । सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्यालीमा हजारौंको सहभागिता रहेको थियो । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीको सहभागिता […]

November 18, 2024

वेस्ट इण्डिज र इङ्ग्ल्याण्डबीचको खेल रद्द

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिज तथा इङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ । सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै इङ्ग्ल्याण्डले ५ खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जित्यो । वेस्ट इण्डिजको ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको […]

November 18, 2024

काठमाडौं गुर्खाजको जर्सी सार्वजनिक, बिवाइडी मुख्य प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका […]

Success

Thank you for your time.