6 months ago
August 28, 2024
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजमा वेस्ट इन्डिजले क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेल मंगलवार घरेलु टोलीले जित्दै सिरिज ३-० ले जितेको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा भएको खेलमा घरेलु टोलीले ८ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले १३ ओभरमा १ सय ९ रन बनाएको अवस्थामा भारी बर्षा भएर खेल रोकिएको थियो ।
केही समय रोकिए पछि घरेलु टोलीले जितका लागि १३ ओभरमा १ सय १६ रनको लक्ष्य दिएर खेल फेरी सुरु भएको थियो ।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य घरेलु टोलीले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीको जितमा शाइ होपले २४ बलमा १ चौका र ४ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ४२ रन बनाए ।
निकोलस पुरनले १३ बलमा ३५ तथा शिमरन हिटमायरले १७ बलमा नट आउट ३१ रन जोडे । दक्षिण अफ्रिकाका लागि बिजरोन फर्टुन र ओटनिल ब्राटम्यानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको पाहुना टोलीले निर्धारित १३ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । पाहुना टोलीका लागि ट्रिस्टन स्टम्सले १५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४० रन जोडे ।
ओपनर रायन रिकल्टनले २४ बलमा २७, कप्तान एडेन मारक्रमले १२ बलमा २० तथा रिजा हेनसरक्सले ९ रन जोडे ।
घरेलु टोलीका लागि रोमारियो शेफर्डले २ तथा अकिल होसेन र म्याथ्यु फोर्डले समान १ विकेट लिए । पहिलो र दोस्रो टि ट्वान्टीमा घरेलु टोली ७ विकेट र ३० रनले विजयी भएको थियो । त्यसअघि भएको टेस्ट सिरिज भने पाहुना टोलीले जितेको थियो ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]