default_image

6 months ago

August 27, 2024

क्यानडामाथि अमेरिकाको जित

351 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले जित हात पारेको छ । सिरिजको पाँचौ खेलमा मंगलवार अमेरिकाले क्यानडालाई २० रनले पराजित गरेको हो ।

अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।

क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । श्रेयस मोभ्भाले ३० बलमा ३७, डिलोन हेलिङ्गरले ११ बलमा २० तथा हर्ष ठाकरले १३ रन बनाए । अमेरिकाका नोस्तुश केङजीके, शाड्ली भान र आरोन जोन्सले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल बनाएको थियो ।

अमेरिकाका साईतेजा मुकामुल्लाले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रन जोडे । हरमित सिंहले २४, कप्तान मोनांक पटेलले १६, आन्द्रेस गौसले २१, नितिश कुमारले १४ तथा सयन जाहाङ्गीर र शाड्ली भानले समा १५ रन बनाए ।

क्यानडाका लागि साद विन जाफरले ३, डिलेन हेलिङ्गरले २ तथा कलिम सानाले १ विकेट लिए ।

सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स र अमेरिकाबीच खेल हुँदैछ । त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.