6 months ago
August 27, 2024
एजेन्सी – भारतीय जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन् । शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन् ।
३५ वर्षीय शाह भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई) का समेत सचिव हुन् । शाह आइसिसीको अध्यक्ष हुने सबैभन्दा कान्छा व्यक्ति हुन् । सन् २०२० देखि दुई कार्यकाल आइसिसीको अध्यक्ष रहेका बार्कलेले बोर्डसमक्ष आफु तेस्रोका लागि पदमा नरहने बताएका थिए ।
बार्कले अध्यक्ष नरहने पुष्टि भएपछि बोर्ड अफ डाइरेक्टर्सले मंगलबारसम्मको लागि मनोनयन दर्ता गर्न समय दिएको थियो । तर, शाहको मात्र उम्मेदवारी परेपछि शाह निर्विरोध निर्वाचित भएका हुन् । शाहले २००९ मा गुजरात प्रदेश क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका हुन् ।
शाह सन् २०१९ को अक्टोबरदेखि बिसिसिआईको सचिव छन् । २०२२ मा उनी आइसिसीको प्रभावशाली फाइनान्स एण्ड कमर्सियल अफेयर्स (एफ एण्ड सीए) कमिटीको सदस्य बनेका थिए । शाह २०२२ मा बिसिसिआईको सचिवमा पुनः निर्वाचित भएका थिए ।
बिसिसिआईको सचिवका रुपमा शाहको कार्यकाल सन् २०२५ सम्मको छ । आइसिसीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले बिसिसिआई र आइसिसीको एफ एण्ड सिए कमिटीको पद त्याग्नु पर्नेछ । शाह २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् (एसिसी) को समेत अध्यक्ष थिए ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]