6 months ago
August 27, 2024
एजेन्सी – अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट बाहिर रहेका छन् ।
अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी) ले बन्द प्रशिक्षणका लागि २८ अगस्टमा भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको सोमवार घोषणा गरेको हो ।
टोलीमा राशिदको अनुपस्थितीबारेमा एसिबीले कुनै कारण उल्लेख गरिएको छैन । अफगानिस्तान र न्युजिल्यान्डबीच सेप्टेम्बर ९ देखि १३ सम्म ग्रेटर नोयडामा टेस्ट क्रिकेट हुँनेछ।
राशिदले हालै काबुलमा सम्पन्न शपगिजा टि ट्वान्टी लिगमा स्पिन घर टाइगर्सको कप्तानी गरेका थिए । त्यसअघि ट्रेन्ट रकेट्सबाट पुरुष हन्ड्रेडमा सहभागिता जनाएका थिए । ह्यामस्ट्रिङको चोटका कारण राशिदले द हन्ड्रेडका केही खेल गुमाएका थिए ।
‘बन्द प्रशिक्षणका लागि २० खेलाडीको छनोट गरिएको छ । उनीहरूको प्रदर्शन र फिटनेस हेरेर न्युजिल्यान्डविरुद्धको टेस्टका लागि अन्तिम १५ सदस्यीय टोली छनोट गरिनेछ,’ मुख्य चयनकर्ता अहमद शाह सुलिमानखेलले भने ।
बलिङ अलराउन्डर अजमतुल्लाह ओमारजईले प्रारम्भिक टोलीमा स्थान बनाएपछि टेस्ट क्रिकेटमा डेब्यु गर्ने तयारीमा छन् ।
ओमारजाईले अफगानिस्तानका लागि सेतो बलको क्रिकेटमा नियमित रूपमा आफूलाई स्थापित गरेका छन् । तर, उनी टेस्ट क्रिकेटमा भने सहभागी भएका छैनन् । ओमारजाईले यसै टेस्टमा सहभागिताका लागि सिपिएलबाट नाम फिर्ता लिएका थिए ।
हशमतुल्लाह शाहिदीलाई कप्तानको जिम्मेवारी दिइएको छ । अफगानिस्तानले न्युजिल्यान्ड र दक्षिण अफ्रिकाविरुद्धको आगामी शृंखलाका लागि आर श्रीधरलाई नयाँ सहायक प्रशिक्षकनियुक्त गरेको छ ।
श्रीधरले सन् २०१४ देखि २०२१ सम्म भारतको फिल्डिङ प्रशिक्षकको रूपमा काम गरेका थिए ।न्युजिल्यान्डविरुद्धको यो टेस्ट अफगानिस्तानको समग्रमा १०औं र सन् २०२४ को तेस्रो टेस्ट हुनेछ।
टेस्टका लागि अफगानिस्तानको प्रारम्भिक टोली
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जादरान, रियाज हसन, अब्दुल मलिक, रहमत शाह, बहीर शाह महबूब, इकराम अलीखिल, शाहिदुल्लाह कमाल, गुलबदीन नायब, अफसर जजई (विकेटकिपर), अजमतुल्लाह उमरजई, जियाउर रहमान अकबर, शमसुर रहमान, कैस अहमद, जहीर खान, निजत मसूद, फरीद अहमद मलिक, नवीद जादरान, खलील अहमद, यामा अरब।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]