6 months ago
August 27, 2024
एजेन्सी – स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी) ले सोमवार जारी गरेको खेल तालिका अनुसार ३ अक्टोबरबाट युएईमा नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप सुरुवात हुदैछ ।
बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका सार्वजनिक गरिएको थियो ।
जसमा समूह चरणका लागि दुबई र शारजाहका खेलहरू समान रूपमा विभाजित भएका थिए। अस्ट्रेलियाले समूह चरणका चारमध्ये तीन खेल शारजाहमा खेल्नेछ भने भारतले तीन खेल दुबईमा खेल्नेछ ।
साविक विजेता अस्ट्रेलियाले अक्टोबर ५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले आफ्नो पहिलो खेलमा दुबईमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ । भारतले ६ अक्टोबरमा दुबई ईन्टरनेसनल क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्नेछ ।
पहिलो सेमिफाइनल १७ अक्टोबरमा दुबईमा आयोजना हुनेछ । १८ अक्टोबरमा शारजहाँमा दोस्रो सेमिफाइनल आयोजना हुनेछ । प्रतियोगिताको फाइनल २० अक्टोबर दुबईमा हुनेछ । सेमिफाइनल र फाइनल दुवैलाई रिजर्भ डे रहेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्याण्ड छन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]