default_image

6 months ago

August 26, 2024

नेदरल्यान्ड्समाथि क्यानडाको जित

1273 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि नोह क्रोसले २८ बलमा सर्वाधिक ३२ रन जोडे । राइन क्लेन र विक्रमजित सिंहले समान २२ तथा माईकल लेभिटले १३ रन जोडे ।

क्यानडाका लागि कलिम साना र प्रविन कुमारले समान २ तथा डिलोन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए ।

त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भा र साद विन जाफरले समान ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १३, डिलोन हेलिङ्गरले १२ तथा हर्ष टाकरले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेन र पल भान मेकरेनले समान ३ , ड्यानियल डोरमले २ तथा विक्रमजित सिंहले १ विकेट लिए । सिरिज अन्तर्गत मंगलबार क्यानडा र अमेरिकाबीच खेल हुनेछ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.