default_image

6 months ago

August 26, 2024

विश्वकपका लागि अस्ट्रेलियन टोलीको घोषणा

1144 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टि ट्वान्टी आई सिरिज तथा महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

क्रिकेट अस्ट्रेलियाले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । अस्ट्रेलिया पछिल्लो ४ पटक च्याम्पियन हुँदा टोलीको कप्तानी गरेकि मेग ल्यानिङको स्थानमा हेलीले टोलीको कप्तानी गर्दैछिन् । ल्यानिङले गत वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकि थिइन् ।

हिलीको कप्तानीमा रहेको टोलीले विश्वकप अघि न्युजिल्यान्डसँग ३ खेलको टि ट्वान्टी सिरिज खेल्नेछ । युएईमा अक्टोबर ३ देखि सुरु हुने टि ट्वान्टी विश्वकपमा अस्ट्रेलिया समूह ए मा भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंकाको साथमा रहेको छ ।

अस्ट्रेलियाको विश्वकप टोली

एलिसा हेली (कप्तान), डार्सी ब्राउन, एश्ले गार्डनर, किम गर्थ, ग्रेस ह्यारिस, अलाना किङ, फोबे लिचफिल्ड, तहलिया म्याकग्राथ, सोफी मोलिनक्स, बेथ मूनी, एलिस पेरी, मेगन शट, एनाबेल सदरल्याण्ड, जर्जिया वेयरह्याम र तायला भ्लामिन्क ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.