6 months ago
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्मा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि सानदार जित हात पारेको छ ।
नेदरल्यान्ड्सले आइतवार अमेरिकालाई १ सय २ रनलो फराकिलो अन्तरले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका १५.४ ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो ।
अमेरिकाका लागि शयान जाहाङ्गीरले २९ बलमा सर्वाधिक ३७ रन जोडे । आरोन जोन्सले १८ बलमा ३४ तथा कप्तान मोनांक पटेलले १४ रन जोडे । अमेरिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले ३, जैच लायन-कैचेट, पल भान मेकरेन र काइल क्लेनले समान २ तथा आर्यन दत्तले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रनको विशाल योगफल तयार गरेको थियो ।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवाड्स तथा माइकल लेभिटले अर्धशतक बनाएका थिए । कप्तान एडवाड्सले ४० बलमा ४ चौका र ४ छक्काको सहयोगमा नट आउट रहदै सर्वाधिक ८१ रन जोडे । ओपनर लेभिटले ३४ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रन जोडे ।
म्याक्स ओ डाउडले १३ बलमा २८, ज़ैच लायन-कैचेटले १४ बलमा १४ तथा काइल क्लेनले १४ बलमा १४ रन जोडे । अमेरिकाका लागि शाल्डी भानले ३ विकेट लिए ।
त्रिकोणात्मक सिरिजमा सोमबार नेदरल्यान्ड्स र क्यानडाबीच खेल हुदैछ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]