6 months ago
August 26, 2024
एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अघि नै जितेको छ।
ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा सोमवार भएको दोस्रो खेलमा घरेलु टोली ३० रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा २-० अग्रता बनाएको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.४ ओभरमा अल आउट हुदै १ सय ४९ रन मात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका रिजा हेनरिक्सले १८ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडे । ट्रिस्टन स्टम्सले २४ बलमा २८, रायन रिकल्टनले २०, कप्तान एडेन मारकमले ९ बलमा १९ तथा रासी भान डेर डुसेनले १७ रन बनाए ।
घरेलु टोलीका लागि शेमार जोसेफ र रोमारियो शेफर्डले समान ३, अकिल होसेनले २ तथा म्याथ्यु फोर्ड र गुणकेश मोटीले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन को मध्यम योगफल बनाएको थियो ।
टोलीका लागि शाइ होपले २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक २१ रन बनाएका थिए ।
कप्तान रोभमन पावलले २२ बलमा ३५, शेफन रादरफोर्डले १८ बलमा २९, ओपनर अलिक अथिनाजले २१ बलमा २८ तथा निकोलस पुरनले १९ बलमा १९ रन जोडेका थिए ।
पाहुना टोलीका लागि लिजार्ड विलियम्सले ३, प्याट्रिक कुर्जरले २ तथा ओटिन ब्राटम्यानले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]