6 months ago
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज खरिदका लागि १६ वटा व्यापारिक घरानाले आवेदन दिएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइजका लागि १६ वटा आवेदन परेको छ । ‘१६ वटा घरानाको आवेदन हामी माझ आईपुगेको छ । टिम मालिक छनोट गरेर एनपिएल समितीले बोर्ड समक्ष पेश गर्नेछ ,’ प्रवक्ता लामाले हाम्रो खेलकुदसँग भने ।
‘एक साता भित्रमा बोर्ड बैठक बसी यसलाई अन्तिम रुप दिनेछ । आवेदन दिनेमा नेपालका ठूला र नाम चलेका व्यापारिक घरानाहरु रहेका छन् ।’
क्यानको आयोजनामा पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । लिगको पहिलो संस्करणमा ६ देखि ८ टोली सहभागी गराउने छलफल भईरहेको लामाले बताए ।
लामाले अगाडी भने ‘पहिलो संस्करणको एनपिएलमा ६ देखि ८ टोली टोली सहभागी गराउने भनेर हामी छलफलमा नै रहेका छौ । यसबारेमा बोर्ड बैठकले एक साता भित्र अन्तिम निर्णय गर्नेछ ।’
एनपिएलमा विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गराउने तथा नेपाली खेलाडीका लागि अक्सन गरिने क्यानका सचिव पारस खड्काले बताए ।
उनले यसअघि विदेशी संस्थाको इच्छा भएपनि नेपाली कम्पनीले नै फ्रेन्चाइज खरिद गर्ने प्रावधान रहने बताएका थिए ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]