default_image

6 months ago

August 25, 2024

टि ट्वान्टी विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

401 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पिसिबीले कप्तानमा फातिमा सनालाई नियुक्त गरेको छ । उनले अलराउण्डर निदा डारको स्थान लिएकी हुन् ।

२२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् । उनले यसअघि ओडिआईमा भने राष्ट्रिय टोलीको नेतृत्व गरिसकेकी छिन् ।

छनोट समितिले गरेको गत महिना श्रीलंकामा भएको महिला टि ट्वान्टी एसिया कपमा टिममा रहेको एक जना परिवर्तन गरिएको छ । सन् २०२३ को महिला टि ट्वान्टी विश्वकपमा पनि सहभागी भएकी ब्याटर सदफ शमासले नाजिहा अल्भीको स्थानमा टोलीमा परेकी छिन् ।

२०२३ को टि ट्वान्टी विश्वकपमा सहभागी १० खेलाडी अहिलेको १५ सदस्यीय टोलीमा अटाएका छन् । बायाँ हाते स्पिनर सादिया इकबालको फिटनेसमा केही समस्या देखिएको छ । अनक्याप्ड बायाँ हाते तिब्र गतिका बलर तस्मिया रुबाबले टोलीमा स्थान बनाएकी छिन् ।

पाकिस्तानले मुख्य टोलीबाट छुटेकी अल्भीलाई पनि ट्राभल रिजर्भमा राखेको छ । महिला टि ट्वान्टी विश्वकप आगामी अक्टोबर ३ देखि युएईमा सुरु हुँदैछ ।

पाकिस्तान समूह ए मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र श्रीलंकासँगै छ । गत साता बंगलादेशबाट सारिएको प्रतियोगिताको नयाँ खेल तालिका भने सार्वजनिक गरिएको छैन ।

महिला टि ट्वान्टी विश्वकपका लागि पाकिस्तानी टोली

फातिमा सना (कप्तान), आलिया रियाज, डायना बेग, गुल फिरोजा, इराम जावेद, मुनीबा अली (विकेटकिपर), नाशरा सन्धु, निदा डार, ओमैमा सोहेल, सदफ शमस, सादिया इकबाल (फिटनेसमा समस्या), सिद्रा अमीन, सैयदा अरुब शाह, तस्मिया रुबाब, तुबा हसन

ट्राभल रिजर्व – नाजिहा अल्वी (विकेटकिपर)

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.