default_image

3 months ago

August 25, 2024

अमेरिका र क्यानडाबीचको खेल रद्द

796 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्समा भईरहेको त्रिकोणत्मक टि ट्वान्टी आई सिरिजमा अमेरिका र क्यानडाबीचको खेल बर्षाका कारण रद्द भएको छ ।

क्यानडाले १ सय ७० रनको लक्ष्य दिए पनि दोस्रो इनिङ वर्षाका कारण हुन नसके पछि खेल रद्द भएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

क्यानडाका लागि ओपनर आरोन जोनसनले ३५ बलमा ३ चौका तथा ३ छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन जोडे ।

कप्तान निकोलस किर्तनले ३२ बलमा ४४, श्रेयस मोभ्भाले नट आउट २२, हर्ष ठाकरले १५ तथा रायन खान पठानले १५ रन बनाए ।

अमेरिकाका लागि जसदिप सिंहले २ विकेट लिए । सिरिजमा आइतबार अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

November 18, 2024

एनपिएलको उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुनेभएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो । पुस ६ गतेसम्म आयोजना हुने प्रतियोगिता सिङ्गल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष […]

November 18, 2024

पाकिस्तानविरुद्धको सिरिज अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाकिस्तानविरुद्धको तीन खेलको टि ट्वान्टी आई सिरिजमा घरेलु टोली अस्ट्रेलियाले क्लिन स्विप गरेको छ । लगातार दुई खेल जितेर अघिल्लो खेलमा नै अस्ट्रेलियाले सिरिज जितिसकेको थियो । सोमवार भएको तेस्रो टि ट्वान्टी खेल ७ विकेटले सहज रुपमा जित्दै अस्ट्रेलियाले सिरिजमा क्लिन स्विप गरेको हो । १ सय १८ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११.२ […]

November 18, 2024

यु १९ कप्तान पूजा फेस अफ द बोल्ट्स नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सले नेपाली यु१९ महिला राष्ट्रिय टोलीकी कप्तान पूजा महतोलाई फेस अफ द बोल्ट्स नियुक्त भएकी छिन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले सोमवार पूजालाई फेस अफ द बोल्ट्समा नियुक्त गरेको हो । पुजाको कप्तानीमा नेपाल पहिलो पटक यु १९ विश्वकपमा छनोट भएको थियो । नेपाली राष्ट्रिय क्रिकेट […]

Success

Thank you for your time.