6 months ago
August 24, 2024
एजेन्सी – बंगलादेशका क्रिकेटर शकिब अल हसनविरुद्ध हत्या आरोपको मुद्धा दर्ता भएको छ ।
ढाकाको अदबोर प्रहरी चौकीका एक अधिकारीका अनुसार बंगलादेशमा अगस्टको सुरुमा भएको प्रदर्शनका क्रममा भएको हत्याको आरोपमा शकिब सहित १ सय ४७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
बंगलादेशका सबैभन्दा चर्चित क्रिकेटरका साथै शकिब अवामी लिगबाट निर्वाचित सांसद पनि हुन् । प्रदर्शनको समयमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना तथा पार्टीका धेरै पूर्वमन्त्री र सांसदहरू माथि आरोप लगाइएको छ ।
जुन दिन हत्या आरोप लगाइयो त्यो समयमा शकिब बंगलादेशमा थिएनन् । शकिब त्यतिबेला क्यानडामा थिए र ब्राम्पटनमा भइरहेको ग्लोबल टि ट्वान्टी क्यानडा लिगमा बंग्ला टाइगर्सको नेतृत्व गरिरहेका थिए। त्यसअघि शकिब जुलाईको मध्यसम्म मेजर लिग क्रिकेटका लागि अमेरिकामा थिए।
द डेली स्टारले लेखेको छ,’मुद्दाको बयानमा उल्लेख गरिएको केही अभियुक्तहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही अन्यको निर्देशनअनुसार अगस्ट ५ मा अडाबोर क्षेत्रको रिङरोडमा रुबेलसहित सयौं विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका बेला गोली चलाएका थिए। गोली लागेर घाइते भएका रुबेलको दुई दिनपछि अस्पतालमा मृत्यु भएको एफआइआरमा उल्लेख छ ।’
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले जुलाई १६ देखि अगष्ट ४ को बीचमा भएको हिंसाका क्रममा मृत्यु हुनेको संख्या ४ सय भन्दा बढी रहेको बताएको छ। केही रिपोर्टमा यो संख्या ६ सय ५० भन्दा बढी रहेको उल्लेख गरिएको छ । अवामी लिगको पतनपछि बगंलादेशमा अन्तरिम सरकार गठन भएको छ ।
बगंलादेश क्रिकेट बोर्डमा पनि महत्वपूर्ण परिवर्तनहरू भएका छन् । जहाँ पूर्व राष्ट्रिय कप्तान फारुक अहमदले अध्यक्षको रूपमा कार्यभार सम्हालेका छन्।
यसै वर्षको जनवरीमा आफ्नो गृहनगर मागुराबाट आम चुनाव जितेपछि शकिब संसद सदस्य बनेका थिए । उनी अहिले पाकिस्तानविरुद्ध रावलपिण्डीमा टेस्ट खेलिरहेका छन् ।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]