6 months ago
August 24, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले घरेलु टोलीविरुद्ध दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ ।
पाहुना टोलीले तेस्रो दिनको खेल सकिदा ६ विकेट गुमाएर २ सय ४ रन जोडेको छ । तेस्रो दिन शुक्रवारको खेल समाप्तीमा श्रीलंकाले ८२ रनको अग्रता लिएको छ । टोलीका कमिन्डु मेन्डिस ५६ तथा दिनेश चण्डिमल २० रनमा नट आउट रहेका छन् ।
दोस्रो इनिङमा श्रीलंकाका ओपनर दिमुथ करुणारत्नेले २७, कप्तान धनन्जय डि सिल्भाले ११ तथा मिलन रत्नायकेले १० रन जोडेका थिए ।
घरेलु टोलीका क्रिस वोक्सले २, जोय रुट, म्याथ्यु पोट, मार्कवुड र गस एटकिन्सनले समान १ विकेट लिए ।
इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो । पहिलो इनिङमा घरलु टोलीले १ सय २२ रनको अग्रता बनाएको थियो ।
पहिलो इनिङमा इङ्ल्यान्डका जेमी स्मिथले टेस्ट करियरको पहिलो शतक बनाउँने क्रममा १ सय ४८ बलमा १ सय ११ रन जोडेका थिए ।
गस एटकिन्सन ४ रनमा नट आउट रहेका थिए । ह्यारी ब्रुकले ५६, जोय रुटले ४२, ड्यान लरेन्स ३०, क्रिस वोक्सले २२, गस एटकिन्सनले २० तथा बेन डुकेट १८ रन जोडेका थिए ।
श्रीलंकाका आसिथा फर्नान्डोले ४, प्रभात जयसुर्याले ३ तथा विश्व फर्नान्डाले २ विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली २ सय ३६ रनमा अल आउट भएको थियो । श्रीलंकाको पहिलो इनिङमा कप्तान धनन्जय डि सिल्भाले सर्वाधिक ७४ रन जोडेका थिए।
यसै खेलबाट टेस्ट डेब्यु गरेका मिलन रत्नायकेले ७२, कुशल मेन्डिसले २४ रन जोडे । दिनेश चन्डिमलले १७, विश्वा फर्नान्डोले १३, कमिन्डु मेन्डिसले १२ र प्रबात जयसुर्याले १० रन थपे।
घरेलु टोलीका लागि शोयब बसिर र क्रिस वोक्सले समान ३ तथा गस एटकिन्सनले २ विकेट लिएका थिए।
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]