default_image

6 months ago

August 24, 2024

क्यानडामाथि नेदरल्यान्ड्सको सहज जित

613 views

0 Bookmark

एजेन्सी – घरेलु टोलीले नेदरल्यान्ड्समा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ

स्पोर्टपार्क मार्सचलकरवेर्ड, यूट्रेक्टमा शुक्रवार भएको खेलमा नेदरल्यान्ड्सले क्यानडा माथि ५ विकेटको जित निकालेको छ । सिरिजमा अर्को टोली अमेरिका छ।

क्यानडाले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट र विक्रमजित सिंहले अर्धशतक पूरा गरे । लेभिटले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६२ जोडे।

विक्रमजित सिंहले २१ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए । म्याक्स ओडाउडले २३ रन थपे ।

क्यानडाका लागि हर्ष ठाकर र साद विन जाफरले समान २ तथा कलिम सानाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रनको मध्यम योगफल तयार गरेको थियो ।

क्यानडाका कप्तान निकोलस किर्तनले ५८ बलमा ८ चौकाको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६९ रन जोडे । रविन्द्रपाल सिंहले १८ बलमा १ चौका र ४ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले ३, जैच लायन कैचेट र ड्यानियल डोरमले समान १ विकेट लिए । सिरिजमा शनिवार क्यानडा र अमेरिकाबीच खेल हुँदैछ ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.