default_image

8 months ago

August 24, 2024

क्रिकेटर धवनले गरे सन्न्यासको घोषणा

2298 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेटर शिखर धवनले सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिवार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

‘जीवनमा अगाडि बढ्नका लागि बाटो बदल्नु महत्त्वपूर्ण छ । यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु,’ उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘खुसीका साथ जाँदैछु कि मैले भारतका लागि यति लामो समय खेलेको छु ।’

धवनले आधुनिक ओडिआईको महान खेलाडीको रूपमा सन्यास लिएका छन् । धवन ओडिआई इतिहासमा ४० भन्दा बढी औसत र ९० भन्दा बढी स्ट्राइक रेटमा ५ हजार भन्दा बढी रन बनाउने आठ ब्याटर मध्ये एक बनेका छन् ।

सन् २०२२ को डिसेम्बरमा बंगलादेशविरुद्धको ओडिआई सिरिज पछि उनले भारतका लागि खेलेका छैनन् ।

धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् । उनले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाएका थिए । धवनले २ सय ६९ अन्तर्राष्ट्रिय खेलमा २४ शतक सहित १० हजार ८ सय ६७ रन बनाएका थिए ।

धवनले आफ्नो आइपिएल करियरमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट खेलेका थिए । उनले २ सय २१ इनिङमा १ सय २७ दशमलव १४ को स्ट्राइक रेटमा ६ हजार ७ सय ६९ रन बनाएका थिए ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.