8 months ago
August 24, 2024
एजेन्सी – तीन खेलको टि ट्वान्टी आई सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा शनिवार भएको खेलमा घरेलु टोली ७ विकेटले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ७५ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि निकोलस पुरन र शाइ होपले अर्धशतक पूरा गरे । पुरनले २६ बलमा २ चौका र ७ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६५ रन बनाए ।
होपले ३६ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर अलिक अथिनाजले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० तथा रोस्टन चेज ४ रनमा नट आउट रहे ।
दक्षिण अफ्रिकाका लागि ओटिन ब्राटम्यानले २ तथा केविन मफाकाले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन को मध्यम योगफल बनाएको थियो ।
दक्षिण अफ्रिकाका ट्रिस्टन स्टम्सले ४२ बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७६ रन जोडे । प्याट्रिक कुर्जरले ३२ बलमा ४४ तथा कप्तान एडेन मारकमले १४ बनाए ।
घरेलु टोलीका लागि म्याथ्यु फोर्डले ३, शेमार जोसेफले २ तथा अकिल होसेन र रोमारियो शेफर्डले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल सोमवार र तेस्रो खेल बुधवार हुनेछ ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।