8 months ago
August 23, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले तेस्रो दिन पनि अग्रता कायमै राखेको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा तेस्रो दिन शुक्रवारको खेल सकिदा पाहुना टोलीविरुद्ध घरेलु टोलीको अग्रता कायमै रहेको हो ।
तेस्रो दिनको समाप्तीमा बंगालादेशले ५ विकेट गुमाएर ३ सय १६ रन जोडेको छ । टोलीका लिटन दास ५२ र मुस्फिकुर रहिम ५५ रनमा नट आउट छन् । तेस्रो दिनको खेल सकिँदा बंगलादेश १ सय ३२ रनले पछि छ ।
ओपनर शदमान इस्लामले ९३, मोमिनुल हकले ५०, साकिब अल हसनले १५, कप्तान नजमल हसन शान्तोले १६ तथा जाकिर हुसैन १२ रनमा जोडे । घरेलु टोलीका लागि खुरम शाहजादले २, नसिम शाह, सइम अयुब र मोहम्मद अलिले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ६ विकेट गुमाएर ४ सय ४८ रन जोड्दै पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । घरेलु टोलीका लागि साउद सकिल र मोहम्मद रिजवानले शतकीय पारी खेलेका थिए ।
रिजवानले सर्वाधिक १ सय ७१ त सकिलले १ सय ४१ रन बनाएका थिए । ओपनर सइम अयुबले ९८ बलमा ५६, शाहिन शाह अफ्रिदीले २४ बलमा नट आउट २९ रन जोड्दा आगा सलमानले १९ रन थपेका थिए ।
बंगलादेशका लागि हसन महमुद र शरिफुल इस्लामले समान २ तथा मेहिदी हसन मिराज र सकिब अल हसनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो टेस्ट अगस्ट ३० बाट सुरु हुनेछ ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।