default_image

8 months ago

August 22, 2024

बंगलादेशविरुद्ध पाकिस्तान बलियो स्थितिमा

790 views

0 Bookmark

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोली बलियो स्थितिमा रहेको छ ।

पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा दोस्रो दिन बिहीवारको खेल सकिदा पाहुना टोलीले ब्याटिङ सुरुवात गरेको छ ।

दोस्रो दिनको समाप्तीमा पाहुना टोलीले कुनै विकेट नगुमाई २७ रन जोडेको छ । टोलीका शदमान इस्लाम १२ तथा जाकिर हुसैन ११ रनमा नट आउट छन् । दोस्रो दिनको खेल सकिदा बंगलादेश ४ सय २१ रनले पछाडि छ ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ६ विकेट गुमाएर ४ सय ४८ रन जोड्दै पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । घरेलु टोलीका लागि साउद सकिल र मोहम्मद रिजवानले शतकीय पारी खेलेका थिए ।

रिजवानले २ सय ३९ बलमा नट आउट रहँदै सर्वाधिक १ सय ७१ रन जोडे । सकिलले १ सय ६१ बलमा १ सय ४१ रन बनाए । ओपनर सइम अयुबले ९८ बलमा ५६, शाहिन शाह अफ्रिदीले २४ बलमा नट आउट २९ रन जोड्दा आगा सलमानले १९ रन थपे ।

बंगलादेशका लागि हसन महमुद र शरिफुल इस्लामले समान २ तथा मेहिदी हसन मिराज र सकिब अल हसनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो टेस्ट अगस्ट ३० बाट सुरु हुनेछ ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.