8 years ago
February 7, 2017
केप टाउन (एजेन्सी) – श्रीलंकाविरुद्ध पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिइसकेको दक्षिण अफ्रिकाले चौथो खेलमा पनि ३ सय ६८ रनको लक्ष्य दिएको छ । चौथो खेलमा मंगलबार टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले फा डु प्लेसिसको कीर्तिमानी इनिङ्ससँगै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६७ रनको योगफल तयार गरेको छ ।
३ रनमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेको डु प्लेसिसले शतकिय इनिङ्स मात्र खेलेनन् व्यक्तिगत उच्च स्कोर समेत बनाए । उनले १ सय ८५ रन बनाएका थिए । १ सय ४१ बल खेलेका उनले १६ चौका र ३ छक्का प्रहार गरे ।
अन्तिम ओभरको दोस्रो बलमा ठुलो सर्ट प्रहार गर्ने क्रममा क्याच आउट भएका डु प्लेसिसले ग्यारी क्रिस्टनको १ सय ८८ रनको दक्षिण अफ्रिकी ब्याट्सम्यानको व्यक्तिगत उच्च स्कोर कीर्तिमानलाई भने तोड्न सकेनन् । टोलकिा कप्तान एबी डि भिलियर्सले ६२ बलमा ४ चौकासहित ६४ र क्विन्टन डी ककले ४६ बलमा ७ चौका साथ ५५ रन बनाए । फरहान बेहार्डिनले ३६ र जेपी डुमिनीले २० रन जोडे ।
भ्रमणकारी टोलीका लागि लाहिरु कुमारा र सचिथ पथिरानाले समान २ तथा लाहिरु माधुशंकाले १ विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]