7 months ago
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) तोकिएकै समयमा आयोजना हुने बताएका छन् ।
क्यानले सोमबार आयोजना गरेको लिगको लोगो अनावरण कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुराकानी गर्दै अध्यक्ष चन्दले सरोकारवाला सबै पक्ष सकारात्मक रहेकाले लिग तोकिएकै मितीमा संचालन हुने बताए ।
‘सरकार सबै कुरामा पोजेटिभ छ । आइसिसी हामीलाई सबैप्रकारको सहयोग गर्न तयार छ । कार्यसमितीले पूरा मेहेनतका साथ काम गरिरहेको छ,’ अध्यक्ष चन्दले भने ‘समर्थकहरुको चाहना लिग उत्कृष्ट होस् भन्ने नै छ । साना साना व्यबधानहरु आएमा त्यसलाई वार्ताबाट समाधान गर्न क्यान तयार छ । लिग तोकिएकै मितीमा हुन्छ ।’
क्यानले सोमबार एनपिएलको लोगो अनावरण सहित आगमी मंसीर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको लिगको मिति तय गरेको छ । अध्यक्ष चन्दका अनुसार लिग सफल पार्नका लागि क्यान सचिव पारस खड्काको संयोजकत्वमा ३ जनाको एउटा कमिटी रहेको छ । यो कमिटी अनवरत मेहेनतमा लागि रहेको उनले बताए ।
एनपिएलको पहिलो संस्करणमा नै क्यानका लागि र खेलाडीका लागि राम्रो आर्थिक फाइदाको योजनामा आफुहरु लागि रहेको अध्यक्ष चन्दले बताए । ‘पहिलो संस्करणकै लिगबाट क्यान तथा खेलाडीहरुलाई राम्रो गराउने वातावरण मिलाउन सचिव जीको नेतृत्वमा रहेको कार्यदल लागि रहेको छ,’ उनले भने ‘यस लिगबाट क्रिकेट संघ आर्थिक रुपले सबल हुन्छ । यसले गर्दा ग्रासरुट क्रिकेट विकासमा राम्रो मद्दत मिल्नेछ ।’
दुई वर्ष अघि भएको विवादित नेपाल टि२० लिगमा केही टिमका खेलाडीको पैसा दिन बाँकी रहेको उनले बताए । चन्दका अनुसार सहभागी ६ टिम मध्ये २ टिमको समान ३५ प्रतिशत रकम दिन बाँकी रहेको र त्यो चाडै नै भुक्तानी हुनेछ ।
‘नेपाल टि२० लिग पनि मेरै कार्यकालमा भएको थियो । एक सिक्काका दुई पाटा भए जस्तै त्यस समयमा नराम्रा पक्ष धेरै सक्रिय भए ,’ उनले थपे ‘त्यो लिगमा भएका नराम्रा पक्षलाई विचार गर्दै यस लिगलाई सफल बनाउने हामी सबैको लक्ष्य रहेको छ ।’
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]