7 months ago
August 20, 2024
एजेन्सी – टि२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ३९ रन बनाएर सामोआका ब्याट्सम्यान डारियस भिसेरले नयाँ कीर्तिमान कायम गरेका छन् ।
भिसेरले भानुनुआतुविरुद्धको टि ट्वान्टी विश्वकप पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटमा एकै ओभरमा ३९ रन बनाएका हुन् । आफ्नो तेस्रो टि ट्वान्टी आईमा २८ वर्षीय भिसेरले नलिन निपिकोको ओभरमा ६ छक्का र ३ नोबल सहित ३९ रन बनाएका हुन् ।
पुरुष टि ट्वान्टी आईमा एक ब्याट्सम्यानले एक ओभरमा ६ छक्का प्रहार गरेको यो चौथो पटक हो । पहिलो पटक कुनै टिमले एक ओभरमा ३६ भन्दा बढी रन बनाएको हो ।
समोआको पारीको १५ औं ओभरमा यो रेकर्ड बनेको थियो । भिसेरले निपिकोको पहिलो तीन बलमा डीप मिडविकेटमा छक्का प्रहार गरेका थिए । ओभरको चौथो बल नो बल थियो । फ्रि-हिटमा भिसेरले लेग साइडमा छक्काको लागि प्रहार गरेका थिए । त्यसपछि एक डट बल भएको थियो ।
निपिकोले पाँचौ बलमा दोस्रो पटक नो-बल गरे । फ्रिहिटमा पुनः छक्का प्रहार भयो । त्यसपछि पुन: नो बलमा छक्का प्रहार गरेपछि अर्को फ्री हिटमा पनि भिसेरले डीप स्क्वायर लेगमा फ्लिक गर्दै छक्का प्रहार गरे । सबै गरेर ओभरमा ३९ रन बन्यो ।
यसअघि पुरुष टी ट्वान्टी आईमा एक ओभरमा ३६ रन बनाएको काम पाँच पटक भएका थिए । सन् २००७ को टि ट्वान्टी विश्वकपमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोडको बलमा भारतका युवराज सिंहले ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजका किरोन पोलार्डले सन् २०२१ मा श्रीलंकाकी अकिला धनञ्जयविरुद्ध र नेपालका दीपेन्द्रसिंह ऐरीले यो उपलब्धि दोहोर्याएका थिए ।
सन् २०२४ मा वेस्ट इन्डिजका निकोलस पुरन तथा भारतका राेहत शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध एकै ओभरमा समान ३६ रन बनाएका थिए । उनीहरुले एकै ओभरमा ६ छक्का भने प्रहार गरेका थिएनन् ।
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]