default_image

7 months ago

August 20, 2024

क्यानडाको लगातार चौथो हार

4918 views

0 Bookmark

एजेन्सी – आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल आउट हुँदै २ सय २५ रन मात्र जोड्न सफल भयो । क्यानडाका लागि पर्गत सिंहले ८० बलमा सर्वाधिक ७२, श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे ।

आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे । अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे । उनले ८४ बलमा ११ चौका प्रहार गरे । आरोन जोन्सले ५३ बलमा ५०, मिलान्ड कुमारले ३० बलमा ४७, स्टेभन टेलरले ७७ बलमा ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे ।

क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ ।

लिग-२ अन्तर्गत यूएईको पहिलो सिरिजमा पुबुदु दासानायाकेको प्रशिक्षणमा शत प्रतिशत जित निकालेको क्यानडा उनलाई जिम्मवारीबाट मुक्त गरेपछि दोस्रो सिरिजमा भने जितविहिन बन्यो । क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

Success

Thank you for your time.