8 years ago
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एक्सपर्ट स्कुल क्रिकेटको उद्घाटन खेल मेरिडियन इन्टरनेसल स्कुलले हेर्बोन स्कुललाई ६४ रनले हराएको छ । एपिएफको मैदानमा भएको खेलमा टस हारेर पनि ब्याटिङको निम्ता पाएको मेरिडियनले निर्धारित २५ ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जवाफमा हेर्बोनले १६.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो ।
हेर्बोनलाई लक्ष्यमा पुग्नबाट रोक्न मेरिडियनका इरफान खानले उच्च प्रदर्शन गरे । ४.२ ओभर बलिङ गरेका इरफानले १ मेडन राख्दै ९ रन दिएर ४ विकेट लिएका थिए । दीनेश लेप्चाले २, निवेश सिलवाल, प्रत्युश अवस्थी र सुरेन्द्र बस्नेतले समान १ विकेट लिए । हेर्बोनका कृष्ण यादवले २९ बलमा ४ चौकासहित २१ रन बनाए । सुनिल श्रेष्ठले १२ र निश्चल केसीले १० रन जोडे ।
त्यसअघि सुरेन्द्र बस्नेतको ४० रनको मद्दतमा मेरिडियनले सय रन नघाएको थियो । सुरेन्द्रले ६२ बलमा ६ चौका प्रहार गरे । बलिङमा उच्च प्रदर्शन गर्नुअघि इरफानले ५४ बलमा ३ चौकासहित २८ रन बनाएका थिए । हेर्बोनका सुजन पौडेलले ३ र सुनिलले १ विकेट लिएका छन् । इरफान म्यान अफ दी म्याच घोषित भए ।
त्यसअघि सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनमा एक्सपर्ट इजुकेसन एन्ड भिसा सर्भिसका जेनेरल मेनेजर जयराम अर्याल, राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, राष्ट्रिय क्रिकेट खेलाडी प्रदीप ऐरी, प्रतियोगिता संयोजक सुवास प्रधान, सुमन भट्ट र कवि महर्जनको पनि उपस्थिति थियो ।
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]