7 months ago
August 17, 2024
एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ ।
भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ ।
सन् २०१८ र २०२३ मा अन्तिम दुई ओडिआई विश्वकप छनोटको सफलतापूर्वक आयोजना गरेपछि जिम्बाब्वेले आफूलाई क्रिकेटको ठूलो गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको छ । जिम्बाब्वेले पछिल्लो पटक सन् २००३ मा दक्षिण अफ्रिका र केन्यासँगै विश्वकप आयोजना गरेको थियो ।
हालका लागि जिम्बाब्वेले हरारे स्पोर्ट्स क्लब (जसमा भर्खरै स्थापना गरिएको फ्लडलाइटहरू पनि छन्) र बुलावायोको क्विन्स स्पोर्ट्स क्लबलाई २०२४ को महिला टि ट्वान्टी विश्वकपको लागि प्रस्ताव गरेको छ ।
जिम्बाब्वे अक्टोबरमा गर्मीमा प्रवेश गर्दछ र न्यूनतम वर्षाको अपेक्षा गरिएको छ । भारतले पनि मौसमकै कारण आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेको थियो । श्रीलंका पनि मौसमसँग कै कारण पछि हट्ने बुझिएको छ ।
महत्वपूर्ण विषय जिम्बाब्वेले धेरै राम्रो समर्थक उपस्थित गर्न सक्षम हुनेछ । यता, २० हजार भन्दा बढी मानिस अट्ने स्टेडियम भए पनि दर्शकको अभावलाई युएईको लागि प्रमुख चिन्ताको विषय हो ।
जिम्बाब्वे पनि आशावादी छ कि युएईको तुलनामा आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न अपेक्षाकृत कम लागत लाग्नेछ । आइसिसी बोर्डले आगामी अगष्ट २० तारिखका दिन यस विषयमा निर्णय गर्ने सम्भावना छ ।
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]