7 months ago
August 17, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ ।
पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय २३ रन थपेर दोस्रो इनिङको अग्रता २ सय ३९ मा पुर्याएको हो । पाहुना टोलीका लागि काइल वेरीएन्ने ५० तथा वायन मुल्दार ३४ रनमा अविजित रहेका छन् ।
ओपनर एडेन मारकमले १ सय ८ बलमा ५१, अर्का ओपनर टोनि डि जोर्जीले ३९, ट्रिस्टन स्टम्सले १६ रन जोडे । वेस्ट इन्डिजका लागि जयडेन सेल्सले ३ तथा गुणकेश मोटी २ विकेट लिए ।
वेस्ट इन्डिजको गयनामा बिहिवार सुरु दोस्रो टेस्टमा टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेन पाइटले ६० बलमा अविजित रहँदै सर्वाधिक ३८ रन जोडे । डेविड बेडिन्हामले ५४ बलमा २८, ट्रिस्टन स्टम्सले २६, नान्द्रे बर्गरले २३, काइल वेरीएन्नेले ३३ बलमा २१ तथा ओपनर एडेन मारकमले ३० बलमा १४ रन बनाए ।
वेस्ट इन्डिजका लागि शेमार जोसेफले १४ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिए । जयडेन सेल्सले ३, गुणकेश मोटी र जेसन होल्डरले समान १ विकेट लिए ।
पहिलो दिनको खेल सकिदा घरेलु टोली वेस्ट इन्डिजले ७ विकेट गुमाएर ९७ रन जोडेको थियो। घरेलु टोलीका जेसन होल्डर ३३ रनमा अविजित रहँदा केसी कार्टीले ३७ बलमा २६, कप्तान गुणकेश मोटीले ३५ बलमा ११ रन थपे ।
दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ४, नान्द्रे बर्गरले २ तथा केशव महाराजले १ विकेट लिए । दुईबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]
March 4, 2025
एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]