default_image

7 months ago

August 16, 2024

पहिलो दिनमा १७ विकेट पतन

1292 views

0 Bookmark

एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका र घरेलु टोलीबीचको दोस्रो टेस्टको पहिलो दिनको खेलमा १७ विकेट पतन भएको छ ।

वेस्ट इन्डिजको गयनामा बिहिवार सुरु दोस्रो टेस्टको पहिलो दिनै १७ विकेटको खसेको हो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको थियो ।

दक्षिण अफ्रिकाका लागि डेन पाइटले ६० बलमा अविजित रहँदै सर्वाधिक ३८ रन जोडे । डेविड बेडिन्हामले ५४ बलमा २८, ट्रिस्टन स्टम्सले २६, नान्द्रे बर्गरले २३, काइल वेरीएन्नेले ३३ बलमा २१ तथा ओपनर एडेन मारकमले ३० बलमा १४ रन बनाए ।

वेन्डिजका लागि शेमार जोसेफले १४ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिए । जयडेन सेल्सले ३, गुणकेश मोटी र जेसन होल्डरले समान १ विकेट लिए ।

पहिलो दिनको खेल सकिदा घरेलु टोली वेस्ट इन्डिजले ७ विकेट गुमाएर ९७ रन जोडेको छ । घरेलु टोलीका जेसन होल्डर ३३ रनमा अविजित रहँदा केसी कार्टीले ३७ बलमा २६, कप्तान गुणकेश मोटीले ३५ बलमा ११ रन थपे ।

दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ४, नान्द्रे बर्गरले २ तथा केशव महाराजले १ विकेट लिए ।

दुईबीचको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

Success

Thank you for your time.