6 months ago
August 15, 2024
एजेन्सी – दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्कल भारतीय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बुधबार औपचारिक रुपमा उक्त सम्झौताको पुष्टि गरेका हुन् ।
मोर्केलले भारतका पारस म्हाम्ब्रेको स्थान लिएका हुन् । उनको नियुक्तिले प्रशिक्षक स्टाफ टोलीलाई पुर्णता दिएको छ ।
यसअघि भारतीय मुख्य प्रशिक्षकमा गौतम गम्भीर, सहायक प्रशिक्षकमा अभिषेक नायर तथा रायन टेन डोस्चेट र फिल्डिङ प्रशिक्षकमा टि दिलिपलाई समावेश भईसकेका छन् ।
मोर्केल गत डिसेम्बरसम्म पाकिस्तानको बलिङ प्रशिक्षकका रुपमा रहेका थिए । उनको नाम मुख्य प्रशिक्षक गम्भीरले सिफारिस गरेका थिए ।
गम्भिर र मोर्केलले सन् २०२२ र २०२३ को आपिएलमा लखनउ सुपर जायन्ट्स र एसए ट्वान्टीमा डर्बन सुपर जायन्ट्समा सँगै काम गरेका थिए ।
मोर्केलले १२ वर्षे अन्तर्राष्ट्रिय करियरमा ८६ टेस्ट, १ सय १७ ओडिआई र ४४ टि ट्वान्टी आई खेलेका छन् । जसमा उनले ५ सय ४४ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । सन्यास लिएदेखि नै उनी विश्वका विभिन्न टिममा बलिङ कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका छन् ।
मोर्केलले २०२३ को महिला टि ट्वान्टी विश्वकपमा न्युजिल्यान्ड र २०२४ को पुरुष टि ट्वान्टी विश्वकपमा नामिबियाको बलिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]