default_image

8 months ago

August 14, 2024

आदिलका बारेमा क्यानको आगामी बोर्ड बैठकले निणर्य लिने !

1381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए ।

क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिलको निलम्बन फुकुवा प्रकृया सम्बन्धमा संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णयका सिफारिस गर्न जिम्मेवारी दिइएको थियो ।

‘क्यानकाे अनुशासन समितिले आफ्नो निर्णय तयार गरिसक्यो । केही दिनमा नै बस्ने क्यानको बोर्ड बैठकले यस बारेमा थप निर्णय लिनेछ,’ प्रवक्ता लामाले भने ‘एउटा खेलाडीलाई लागेको प्रतिबन्ध फुकुवा गर्ने अधिकार कुनै समितिमा हुन्न । त्यो बोर्डको अधिकार हो । त्यसकारण बोर्डले यसबारेमा चाँडै नै निणर्य दिनेछ ।’

सन् २०२२ मा भएको पहिलो संस्करणको नेपाल टि ट्वान्टी लिगका क्रममा म्याच फिक्सिङमा सम्लग्न देखिए पछि आलममाथि क्यानले प्रतिबन्ध लगाएको थियो । अदालतले उनलाई सफाई दिएपछि क्यान प्रतिबन्धका बिषयमा पुर्नविचार गर्ने प्रक्रियामा छ ।

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.