default_image

8 months ago

August 12, 2024

कप्तान रोहित, दिपेन्द्र र सन्दीप भारत नजाने

6171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित खेलाडी सहभागी नहुने भएका छन् ।

क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार भारत गएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार हाल क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने भारतमा हुने प्रशिक्षणमा सहभागी हुने छैनन् । तीनै खेलाडी क्यानडामा भएको ग्लोबल टी ट्वान्टी लिगका लागि त्यहाँ रहेका थिए ।

‘हामी अन्तिममा जाने भनेको क्यानडा नै हो । उनीहरु उतै रहन्छन् । दीपेन्द्र र रोहित अर्को लिगका लागि वेस्ट इन्डिज जान्छन् । सन्दीप भने क्यानडामा रहन्छन्,’ प्रवक्ता लामाले भने ‘नेपालमा वर्षाको सिजन भएकाले नेपाली टोली खेल भन्दा केही अघि नै क्यानडा जाने तयारीमा रहेको छ ।’

टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने प्रवक्ता लामाले बताए । बोर्ड अफ क्रिकेट कन्ट्रोल इन्डिया(बिसीसीआई) सँगको सहकार्यमा नेपाली टोलीले पहिलो पटक त्यहाँको सुविधासपन्न एकेडेमीमा अभ्यास गर्न लागेको लामाले बताए ।

नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो।

नेपालले लिग-२ अन्तर्गत दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई मात्र पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

‘भारतमा हुने अभ्यासमा रोहित, सन्दीप र दीपेन्द्रबाहेकका १९ खेलाडी सहभागी हुनेछन् । गुलसन झा र देव खनाल भारतमा नै रहेकाले उतैबाट टोलीमा सामेल हुनेछन् । मुख्य प्रशिक्षक मोन्टि देसाई पनि भारतमा नै टोलीमा सामेल हुनेछन् ,’प्रवक्ता लामाले बताए ।

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.