default_image

8 months ago

August 12, 2024

क्रिकेट टोली अभ्यासका लागि भारत प्रस्थान

1866 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।

नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ । नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो।

यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो । त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टि ट्वान्टी प्रतियोगिता पनि खेलेको थियो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । स्वदेशमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो । गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

टोलीका‌ कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडामा सोमबार सम्पन्न ग्लोबल टि ट्वान्टी लिग खेल्ने क्रममा त्यहाँ रहेका छन्।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.