7 months ago
August 12, 2024
एजेन्सी – वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । दक्षिण अफ्रिका दुई खेलको टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले पाँचौ दिन आइतवारको खेल सकिदा ५ विकेट गुमाएर २ सय १ रन मात्र बनाउँन सक्यो ।
वेस्ट इन्डिजका लागि अलिक अथानाजले १ सय १६ बलमा सर्वाधिक ९२, केसी कार्टी र जेसन होल्डरले समान ३१, केभम हाड्जले २९ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ र कागिसो रबडाले १ विकेट लिए ।
पहिलो इनिङमा दक्षिण अफ्रिकाले १ सय २४ रनको अग्रता कायम गरेको थियो । दोस्रो इनिङमा पाहुना टोलीले ३ विकेट गुमाएर १ सय ७३ रन थपेको थियो ।
दोस्रो इनिङमा ट्रिस्टन स्टम्सले सर्वाधिक ६८, ओपनर टोनी डि जोर्जीले ४५, एडेन मारकमले ३८ रन बनाए । वेस्ट इन्डिजका लागि जमल वारिकेनले २ तथा केमार रोचले १ विकेट लिए ।
पहिलो इनिङमा वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे । जेसन होल्डरले ३६ तथा केभम हाड्ज २५ रन जोड्दा जमल वारिकेन ३५ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा कागिसो रबडाले ३ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए
कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए।
वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]