6 months ago
August 10, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा पाहुना टोली दक्षिण अफ्रिकाले खेलमा पकड बनाएको छ ।
तेस्रो दिन शुक्रवारको खेल सकिदा घरेलु टोली २ सय १२ रनले पछि छ । उसको हातमा ६ विकेट भने बाँकी रहेको छ ।
वेस्ट इन्डिजका लागि केसी कार्टीले ८१ बलमा ४२, कप्तान केग्री ब्रेथवेट र माईकाल लुईसले समान ३५ रन जोडे । जेसन होल्डर १३ तथा केभम हाड्ज ११ रनमा अविजित रहेका छन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा ३ सय ५७ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमा र ओपनर टोनी डि जोर्जीले अर्धशतक बनाएका थिए । कप्तान बभुमाले १ सय ८२ बलमा सर्वाधिक ८६ रन जोडे । ओपनर जोर्जीले १ सय ४५ बलमा ७८ रन बनाए ।
कायल भेरिनले ३९, ट्रिस्टन स्टम्सले २०, रायन रिकल्टनले १९, डेविड बेडिनहामले २९ रन जोडे । वायन मुल्दार ४१ रनमा अविजित रहँदा कागिसो रबडा २१ रन बनाए।
वेस्ट इन्डिजका लागि जमल वरिकेनले ४, जयडेन सेल्सले ३, किमार रोचले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ । दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।
February 2, 2025
एजेन्सी – रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ । आइतवार भएको खेलमा बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो । जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]