7 months ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि इलिमिनेटरबाट बाहिरिएको छ ।
रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल सम्भव नभएपछि टस समेत नभई खेल रद्द भएको हो ।
लिग चरणको अंकको आधारमा बंग्लाले क्वालिफायर्स २ मा स्थान बनाएको हो । लिग चरणमा बंग्लाको ९ र टोरोन्टोको ७ अंक थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणबाट नै बाहिरिएको थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]