7 months ago
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ ।
टोरोन्टोले इलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ । ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ बजे मा सुरु हुनेछ ।
यो खेलमा रोहितले खेल्ने सम्भावना रहेको छ । टोरोन्टोको टोलीमा साद विन जाफर तथा निकोलस किर्तन नरहने हुँदा रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना छ ।
विश्वकप लिग टु सिरिजका लागि क्यानडाको टोली नेदरल्यान्ड्समा रहेको छ । कप्तान किर्तन तथा पुर्व कप्तान जाफर टोलीसँगै नेदरल्यान्ड्स पुगिसकेका छन् ।
टोरोन्टोले समूह चरणका ७ मध्ये ३ मा जित र ३ मा हार बेहार्दा १ खेल भने वर्षाका कारण रद्द भएको थियो । टोरोन्टोले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।
बंग्लाले भने ७ मध्ये ४ खेलमा जित हात पारेको थियो । बंग्ला तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणाबाट बाहिरिएको थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]