7 months ago
August 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टेक्नो मोबाइलले क्रिकेटर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
टेक्निका सिइओ अरिजित तलपात्रा तथा आसिफ र आरिफबीच बिहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।सम्झौता अवधि र रकम भने खुलाइएको छैन ।
टेक्नो मोबाइलका सिइओ तलपात्राले आरिफ र आसिफसँगको साझेदारीले उत्साहित रहेको बताए ।
उनले भने,’ हामी आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । टेक्नोसँग उनीहरूको सम्बन्धले हाम्रो ब्रान्ड छवी र यसमा युवाहरुको संलग्नतालाई अझ उच्च बनाउने आस गरेका छौं ।’
आरिफ र आशिफले टेक्नो मोबाइलसँग जोडिन पाउँदा गौरवान्वित महसुस गरेको र यसले समर्थकसँग अझै नजिक हुन सहयोग गर्ने बताए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दास लगातयतको उपस्थिती थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]